देश शिक्षा

कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक गर्ने मिति तय

काठमाडौं, साउन ७-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक गर्ने मिति तय गरेको। बोर्डले २०७६ बैशाख १५ गतेदेखि २६ गतेसम्म संचालित कक्षा १२ को नतिजा यहि साउन तेश्रो सातासम्म सार्वजनिक गर्ने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिएको छ।

‘नतिजा तेश्रो साता वा नभए अन्तिम सातासम्म प्रकाशन गर्ने गरि काम गरिरहेका छौं” उनले भने। उनको अनुसार यसपटक पनि पहिलेको जस्तै सबै बिषयको नतिजा एकैपटक सार्वजनिक हुने छ।

Featured