देश

प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी, २२ पक्राउ

सुर्खेत, मंसिर २८–प्रहरी जवानको भर्ना परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरी जवान छनोटका लागि शनिवार भएको परीक्षा दिन छिरेका उनीहरू पक्राउ परेका हुन् । अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट १८ जना, इगरब्रिज माध्यमिक विद्यालय केन्द्रबाट २ जना र सुर्खेत शिक्षा क्याम्पस बाट २ जना नक्कली परीक्षार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्त जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, पक्राउ परेका नक्कली परीक्षार्थी्विरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।

Featured