देश

‘हस्पिटालिटी एन्ड फुड सेफ्टी’ बारे गोष्ठी सम्पन्न

काठमाडौं, मंसिर २८–रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) र सेफ एसोसिएसन अफ नेपालको सहकार्यमा शुक्रबार रोयल ब्यांक्वेट तीनकुनेमा ‘हस्पिटालिटी एन्ड फुड सेफ्टी’ सम्बन्धी एक कार्यशाला गोष्ठी सम्पन्न भयो । रेस्टुराँ सञ्चालक, सेफ तथा व्यवस्थापन अधिकृतहरुको सहभागितामा सम्पन्न यस गोष्ठीमा म्यारिओट होटलका लर्निङ एन्ड डेभेलपमेन्ट डाइरेक्टर रुपेश श्रेष्ठबाट ‘हस्पिटालिटी क्षेत्रमा मानव संसाधनको भूमिका र उनीहरुप्रति सञ्चालकहरुको जिम्मेवारी’ विषयमा र फुडमान्डौंका कार्यकारी प्रमुख निदान श्रेष्ठबाट ‘अनलाइनमा रेस्टुरेन्ट व्यवसायको अवसर र चुनौती’ विषयमा प्रस्तुति दिएका थिए।

त्यसैगरी एआइटिएम कलेजका प्राचार्य वसन्त जोशीले ‘फुड प्रोडक्सन, सेफ्टी एन्ड हाइजिन’ विषयमा प्रस्तुति दिएका थिए भने गेट कलेज मण्डिखाटारका प्रमुख कार्यकारी अधिकृत खेम खलैले ‘रेस्टुरेन्ट सञ्चालन’ विषयमा प्रस्तुति दिएका थिए । सहभागीहरुले गोष्ठीको समापनमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नियमित कार्यक्रमसँगै अन्य पृथक् कार्यक्रम पनि सञ्चालन गर्न आयोजक संस्था रेबान र सेफ एसोसिएसनलाई आग्रह गरेको थियो । (रासस)

Featured