देश

सिद्धार्थ बैंकको शाखा विस्तार, नयाँ शाखा जनकपुरमा

जनकपुरधाम, मंसिर २८–जनकपुरधामको ३ मुख्य चोकमा सिद्धार्थ बैंक लिमिटेडले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्दै वित्तीय कारोबारको सुरुवात गरेको रामानन्द चौक शाखाका प्रबन्धक अजयकुमार यादवले जानकारी दिएका छन् । रामानन्दचोकमा शुक्रबार बिहान एक कार्यक्रमका बीच सिद्धार्थ बैंक लिमिटेडको प्रदेश २ प्रमुख हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सिद्धार्थ बैंकको शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

तीन महिनादेखि रामानन्दचोकमा आफनो वित्तीय कारोबारको सुरुवात गरेका सिद्धार्थ बैकको शाखा देशको १ सय ७६ औं शाखाको रुपमा सञ्चालनमा आएको शाखा प्रबन्धक यादवले बताए ।

Featured