देश

रुपन्देहीमा ५५ वर्षीया महिलाको हत्या

बुटवल, मंसिर २८–रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका( १० कान्छिबजारकी अन्दाजी ५५ वर्षकी कमलादेवी परियारको सोही ठाउँका २७ वर्षीय विकास गुरुङले हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले कान्छी बजारमा जग्गा प्लटिङ गरेको स्थानमा घाँस काटिरहेकी कमलादेवीलाई गुरूङले धारिलो हतियार प्रहार गरी हत्या गरेका जानकारी दिए । गुरुङले प्रहार गरेको धारिलो हतियारबाट कमलादेवीको घाँटीमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Featured