देश

देउसीभैलो खेलेर छात्रवृत्ति अक्षयकोष

गलकोट, मंसिर २८–रोट्रयाक्ट कलब अफ बागलुङले देउसीभैलो खेलेर संकलन गरेको रकमले छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । कलबले गत तिहारमा खेलेको देउसीभैलोको रकमबाट १ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको कलबका अध्यक्ष सुमित शाहीले बताए ।

यसअघि क्लबले स्टेज कार्यक्रम तथा विभिन्न सहयोगबाट रकम संकलन गरी चार बागलुङ जिल्लाका सरकारी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार चार विद्यार्थीलाई बर्से्नि ५ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गर्दै आएको थियो ।

अक्षयकोष स्थापनापश्चात् थप चार गरी आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने अध्यक्ष शाहीको भनाइ छ । देउसीभैलोबाट ३ लाख रुपैयाँ संकलन भएको र खर्च कटाउँदा १ लाख ५० हजार रुपैयाँ बचत भएको थियो । (रासस)

Featured