देश साहित्य

कवि छवि वैरागी घिमिरेको कविता संग्रह ‘आहत हिपत’ लोकार्पण

विराटनगर, मंसिर २८–छन्द कविका रुपमा परिचित सुन्दरहरैंचाका कवि छवि वैरागी घिमिरेको कविता संग्रह आहत हिपत को आज एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । सुन्दरहरैंचा नगरपालिकाको सभाहलमा संचालन भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले घिमिरेको कृतिको विमोचन गरे ।

हिमाल पहाड तराईको समग्रताबाटै नेपाल वनेकोले यो सामाजिक सहिष्णुतालाई वचाएर राख्न आग्रह गरिएको घिमिरेको कृति भित्र ५५ वटा कविताहरु संकलित छन् । विमोचित कृतिमाथि डा. रमेश घिमिरेले टिप्पणी गरेका थिए । कार्यक्रममा भाषाविद प्रा. डा. टंकप्रसाद न्यौपाने, प्रा. डा. वद्रिविशाल पोखरेल, स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङ लगायतको शुभकामना मन्तव्य राखेका थिए।

Featured