देश

सरकारको काम कारवाही सुधार हुनुपर्छ : नेपाल

विराटनगर, मंसिर २८–नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कामकारवाहीमा सुधार गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसंग कुराकानी गदै उनले जनताले सरकारको कामकारवाहीका बिषयमा उठाएका प्रश्नहरुको बिषयमा सरकार गम्भीर हुनुपर्ने बताए । ‘जनताले उठाएका गुनासाहरुको खोजी गरेर सरकारले सम्बोधन गर्नुपर्छ ।’ उनले भने,‘आत्मसन्तुष्टिमा रमाउने हेइन । उठेका गुनासा र आलोचनाहरुलाई समाधान गर्दै जानुपर्छ ।’

नेता नेपालले पार्टीको लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको समेत दाबी गरे । उनले पार्टीले विगतमा जितेको केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको काम कारवारी, उम्मेदवारको चयन लगायतका कारण भएको बताए ।

संचारकर्मीको जिज्ञासामा उनले पार्टीभित्र एक व्यक्ति एक पद अनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग अगल हुनुले सरकार सञ्चालन र पार्टी संगठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्त गरे । नेता नेपालले कालापानी र लिपुलेक सम्वन्धमा सत्य र प्रमाण सहितको प्रतिवेदन भारत सरकारलाई वुझाई सकिएको जानकारी दिँदै सरकारीस्तरको बार्ताबाट समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।‘सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजादा दुई देश वीच विवाद सिर्जना हुन्छ । यो समस्यालाई छलफल र वार्तावाट समाधान गर्नुपर्छ ।’

Featured