देश

आशंकामा नेकपा विप्लव समूहका तीन नेता पक्राउ

धनुषा, मंसिर २८–प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा विप्लव समूहका तीन जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् । दुई महिला सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीले जानकारी दिए ।

पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षीय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षीय ललिता महरा र रामसोभित गाहा रहेका छन् । ३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Featured