देश

पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

जोमसोम, मंसिर २८–बिहीबारेदखि परेको अबिरल वर्षाका कारण म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ गुईठेमा पहिरो गएको छ । पहिरोले बेनी–जोमसाम सडक अवरुद्ध भएको छ । सडक माथिबाट पहिरो गई करिव ३५ मिटर सडकमा ठूला–ठूगा ढुंगा र माटो थुप्रिएपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको आयोजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।

वर्षाले म्याग्दीको गुईठेमा सडक अवरुद्ध भएपछि शनिबार बिहानैदेखि म्याग्दी र मुस्ताङतर्फ छुटेका लामो दूरीका यातायातका साधनहरू बाटोमै रोकिएका छन् । सुपरभाईजर शेरचनले सडक माथिको पहिरो पपन्छाउन डोजर र स्काईभेटर परिचालन भएको जानकारी दिए । शनिबार साँझसम्म सडक खुल्नसक्ने बताइएको छ ।

Featured