देश

जाडोमा जेष्ठ नागरिकलाई कम्बल

सुर्खेत, मंसिर २८–वीरेन्द्रनगर नगरपालिका–५ का दुई सय जना जेष्ठ नागरिक जाडोमा कम्बल वितरण गरेर सम्मानित गरिएको छ । वडा कार्यालयले जेष्ठ नागरिकहरूलाई जाडोमा कम्बल वितरण गरेर सम्मान गरेको हो । वडाभित्रका ७० वर्ष उमेर पुगेका १४० र ६० वर्ष उमेर पुगेका ६१ जना दलित जेष्ठ नागरिकहरुलाई चिसो मौसमसँगै न्यानो कपडा वितरण गरिएको वडा सचिव दिनेश सापकोटाले बताए ।

‘जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिदैँ एक एक थान कम्बल वितरण छ,’ उनले भने, ‘जसले गर्दा जेष्ठ नागरिकलाई न्यानोको होस ।’ जेष्ठ नागरिकहरुका लागी आगामी वर्ष पनि विषेश कार्यक्रम सञ्चालन गरिने वडा अध्यक्ष राजबहादुर गुरुङले बताए । ‘ज्येष्ठ नागरिकहरुलाई सम्मान कदर गर्न र उनीहरुको मनोबल उच्च राख्न सम्मान गरिए छ,’ उनले भने ।

Featured