देश

सुत्केरीको उद्धार

सुर्खेत, मंसिर २८–जिल्ला अस्पताल डोल्पामा सुत्केरी हुन नसकेपछि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । डोल्पाको काइके गाउँपालिका–२ की २३ वर्षीया पासाङ गुरुङको शनिबार उद्धार गरिएको हो । जिल्ला अस्पताल डोल्पामा सुत्केरी हुन आएकी गुरुङको दुई दिनदेखि शिशु जन्माउन नसकेको अवस्थामा थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।

‘जिल्ला अस्पतालमा दुई दिनसम्म उपचार गर्दा पनि सुत्केरी गराउन सकिएन,’ उनले भने, ‘थप उपचारका लागि सुर्खेतमा रहेको क्षेत्रीय अस्पतालमा हेलिकप्टरमार्फत पठाइएको छ ।’ प्रमुख जिल्ला अधिकारी केशरीका अनुसार पेटमा नै शिशुको मृत्यु हुँदा जिल्ला अस्पतालमा उपचार संम्भव नभएको हो ।

Featured