देश

पोखरा सडक महोत्सवको निम्तो इटहरीमा

पोखरा, मंसिर २८–अंग्रेजी नयाँ वर्षमा आयोजना गरिने सडक महोत्सवको प्रचारात्मक अभियानका लागि रेस्टुरेन्ट एन्ड बार एसोसिएसन(रेबान) पोखराको टोली इटहरी पुगेको छ । पोखरामा आयोजना हुने २१ औं सस्करणको सडक महोत्सवको निम्तो बाँड्दै टोली जनकपुरबाट धनकुटाको भेडेटारबाट फर्किएर इटहरी पुगेको हो । इटहरीमा सञ्चारकर्मीहरु मार्फत पोखरामा आगामी पुस १२ गतेदेखि आयोजना हुने सडक महोत्सवमा पूर्वेलीबासीको उत्साहजनक सहभागिताको लागि आग्रह सहित प्रचारात्मक अभियान गरिएको महोत्सवका सहसंयोजक नरेश भट्टराईले बताए ।

मौलिक सँस्कृतिलाई संरक्षण गर्दै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेस्यले नयाँ बर्षको अवसमा पोखराको लेकसाइडमा रेवानले प्रत्यक बर्ष सडक महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सव विशेष गरी साँस्कृतिक आदान प्रदान गर्ने संगमस्थलको रुपमा विकास हँुदैं गएको भन्दै रेबान टोलीले पूर्वेलीबासिन्दाको सहभागिता उत्साहजनक रहने बिश्वास यक्त गरेको छ । पोखराको सडक महोत्सव पश्चिमेलीको लागि मात्रै नभई समग्र नेपालकै गरिमा बढाउने महोत्सवका रुपमा बिकास हुर्दै गएको रेबान पोखराका पूर्व अध्यक्ष गोपीबहादुर भट्टाईले बताए ।

‘पर्यटन प्रवद्र्धनको मुख्य आधार नै अहिले कनेक्टिभिटी हो । कनेक्टिभिटी विना आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन सहज हँदैन् । कनेक्टिभिटीले आवातजावत सहज हुन्छ । जति सहज भयो उति नै आन्तरिक पर्यटकको आगमन उल्लेख्य हुन्छ’, पूर्व अध्यक्ष भट्टाईले इटहरीमा आयोजित पत्रकार सम्मेलनमा भने–‘सबै शहरलाई हरेक दृष्टिकोणले जोडिन जरुरी छ ।’ रेबानले वर्षेनी एकै मितिमा सडक महोत्सव आयोजना गर्दै आएको छ । पुस १२ गतेदेखि १६ गतेसम्म निश्चित मितिमै गरिने यो एकमात्रै महोत्सव हो ।

Featured