देश

धनुषा वम विस्फोटको छानविन गर्न समिति गठनः इन्सपेक्टरको शव लिन हेलिकप्टर जाँदै

काठमाडौं, मंसिर २८–शुक्रबार राति भएको वम विस्फोटमा परी मृत्यु भएका नेपाल प्रहरीका प्रहरी निरीक्ष(इनसपेक्टर) अमिरकुमार दाहालको शव ल्याउन हेलिकप्टर पठाउन लागिएको छ । अहिले काठमाडौंबाट हेलिकप्टर पठाएर उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएका प्रहरी निरीक्षक दाहालको शव काठमाडौं ल्याइने भएको छ ।

बम राखिएको सूचना पाएपछि जाँचका लागि निरीक्षक दाहालको टोरी राजश्वर साहको घरमा पुगेको थियो । प्रत्यक्षदर्शी र घाइतेका अनुसार प्रहरीले झोला उठाउँदा बम विस्फोट भएको बताइएको छ । यस्तै गृह मन्त्रालयले बम विस्फोटको घटना छानबिनका लागि शनिबार नै छानविन समिति गठन गरेको छ । प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । रकम लेनदेनको कारण बम विस्फोट भएको अनुमान गर्दै प्रहरीले विप्लव समूहको नकेपामाथि आशंका गरेको छ ।

Featured