खेलकुद देश

पीपीएलको ट्रफी सार्वजनिक, खेल आइतबारबाट शुरु हुने

पोखरा, मंसिर २७–शुक्रबार एक कार्यक्रम गर्दै दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को ट्रफी सार्वजनिक गरिएको छ। आयोजक क्विन्स इभेन्ट म्यान्जेमेन्टले पोखरामा एक कार्यक्रमबीच ट्रफी सार्वजनिक गरेको हो। ५ टोलीका कप्तानको सहभागिता ट्रफी सार्वजनिक गरिएको हो। उक्त कार्यक्रममा विराटनगरका प्रदीप ऐरी, काठमाडौंका ज्ञानेन्द्र मल्ल, धनगढीका दीपेन्द्र सिंह ऐरी, चितवनका पारस खड्का र बुटवलका सोमपाल कामी उपस्थित थिए भने पोखराका कप्तान शरद भेषावकरको सट्टामा विनोद भण्डारी उपस्थित भएका थिए।

यसअघि शनिबार हुने भनिएको उद्धघाटन खेल आइतबारलाई सारिएको छ। उद्धघाटन खेलमा काठमाडौं गोल्डेन्स र पोखरा पल्टन प्रतिस्पर्धा गर्दैछन्। पीपीएल मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ। खेल एकदिको पछाडि सरेसँगैपुष ९ गतेको विश्रामका दिन वुटवल र विराटनगरबीच खेल हुनेछ।

Featured