देश

माल्टा पठाई दिन्छु भन्दै नक्कली भिषा दिलाई ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, साउन ६-महानगरीय प्रहरी परिसर काठमाडौंले यूरोप राष्ट्र माल्टा पठाई दिन्छु भनी नक्कली भिषा दिलाई ठगी गर्ने कार्यमा संलग्न रहेका अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने २३ बर्षीय राहुल पाण्डेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पाण्डेले भिभि इन्टरनेशनल प्रा लि मार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा पठाई दिन्छु भनि नक्कली भिषा दिलाई विभिन्न कामदारहरुको भिषा प्रोसेसिङ लागि भन्दै पटक पटक गरी नगद ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगी गरेको अभियोगमा उक्त प्रालिका संचालक दावा शेर्पाको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो।

पाण्डेलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको सो महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

Click here to post a comment

Featured