देश

हिउँदे वर्षाले आलु खेतीमा फाइदा

रामपुर, मंसिर २७–यहाँ पानी परेपछि भर्खर खेतमा लगाइएको तरकारी बालीलाई फाइदा हुने देखिएको छ । यस वर्ष नहर मर्मतका कारण सिँचाइ गर्न नमिल्ने भएकाले चिन्तित किसान केही ठूलो पानीको आशामा थिए । विजयपुर कृषि सहकारी संस्था लिमिटेड रामपुर पाल्पाका अध्यक्ष तथा अगुवा कृषक सूर्यप्रसाद रेग्मीले पानी परेर घाम लागेमा आलु खेतीलाई निकै फाइदा हुने बताए । ‘आलु उम्रिनेबित्तिकै औषधि छर्दा माटोलाई समेत असर गर्छ तर आलु लगाएपछि पानी परेर उम्रिएपछि घाम लागेमा आलुमा रोग समेत लाग्दैन,’ उनले भने ।

लसुन प्याज, काउली, बन्दालगायत तरकारी खेतीलाई निकै राम्रो हुने भएपछि यहाँ किसान खुसी भएका छन् । यहाँ पानी परेपछि भर्खर खेतमा लगाइएको तरकारी बालीलाई फाइदा हुने देखिएको छ । यस वर्ष नहर मर्मतका कारण सिंचाइ गर्न नमिल्ने भएकाले चिन्तित किसान केही ठूलो पानी परे हुन्थ्यो भन्ने आशामा थिए ।

विजयपुर कृषि सहकारी संस्था लिमिटेड रामपुरका अध्यक्ष तथा अगुवा कृषक सूर्यप्रसाद रेग्मीले पानी परेर घाम लागेमा आलु खेतीलाई निकै फाइदा हुने बताए । ‘आलु उम्रिनेबित्तिकै औषधि छर्दा माटोलाई समेत असर गर्छ तर आलु लगाएपछि पानी परेर उम्रिएपछि घाम लागेमा आलुमा रोग समेत लाग्दैन,’ उनले भने । लसुन प्याज, काउली, बन्दालगायत तरकारी खेतीलाई निकै राम्रो हुने भएपछि यहाँ किसान खुसी भएका छन् । (रासस)

Featured