मनोरंजन विदेश

विराट–अनुष्काको सन्तानको पर्खाइमा यी महिला !

एजेन्सी, मंसिर २७–करिना कपुर खान र सैफ अली खानका छोरा तैमूर अली खान बलिउडका ‘मोस्ट पपुलर स्टारकिड’ हुन् । तैमूरको एक दर्शनका लागि धेरैको पखाई हुने गर्छ । समय समयमा करिना–सैफ तैमूरको जीवनबारे मिडियाले अनावश्यक चासो राखेकोबारे कुरा गर्छन् । हालै तैमूरकी हजुरआमा शर्मिला टैगोर र करिना कपुरले यस विषयमा कुरा गरेका छन् ।

करिना कपुरको च्याट शोमा शर्मिलाले तैमूरलाई सञ्चारमाध्यमले दिएको चासोका विषयमा कुराकानी गरेका छन् । जहाँ शर्मिलाले भनिन्, ‘जब तैमूर ७–८ वर्षको हुन्छन् तब मिडियाको यो चासोले उनलाई कठिन हुनसक्छ ।’ उनले पहिले मिडियाले माथि लैजाने र पछि तल खसाल्ने बताइन् । शर्मिलाले भनिन्, ‘जब तैमूर सामाजिक सञ्जालमा प्रवेश गर्छन् तब बढी सूचना हुनेछ । मलाई लाग्छ मिडियाले पहिले तपाइलाई माथि र्पुयाउँछन्, त्यसपछि तल झार्छन् ।

अब विराट कोहली र अनुष्का शर्माको बच्चा त अवश्य होला । त्यसबेला तैमुरलाई नजरअन्दाज गर्नेछन् ।’ करिना भन्छिन्, ‘यस्तै हुन्छ भन्ने लाग्छ ?’ शर्मिला भन्छिन्, ’हो, मलाई विश्वास छ ।’ त्यसैले यी दुवैजना विराट र अनुस्काको सन्तानको व्यग्र प्रतिक्षामा छन् । यसका साथै शर्मिलाले छोरी र छोरामा हुने फरकबारे पनि बताएकी छन् ।

Featured