देश

भीरबाट जीपमाथि ढुंगा खस्दा वनअधिकृत घाइते

धनगढी, मंसिर २७–कैलालीको भासु भीरमा डिभिजन वन कार्यालय बैतडीको जीपमाथि ढुंगा खस्दा एक जना घाइते भएका छन् । धनगढीबाट बैतडी जाँदै गरेको डिभिजन वनको बा २ झ २७६० नम्बरको पिकअफ बोलेरो जीपमा ढुंगा खस्दा डिभिजन वन अधिकृत केशव पराजुली घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार घाइते वन अधिकृतलाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ । जीपको अगाडिको भागमा क्षति पुगेको र ढोकासमेत टुटफुट भएको छ ।

Featured