देश

एनआईसी एशियाले ‘सेलेक्ट सिष्टम ईएफटी स्वीच प्रयोगमा ल्याउँदै

काठमाडौं, मंसिर २७–देशभर सर्वा्धिक शाखा भएको एनआईसी एशिया बैंकले ग्राहकको सहजताका लागि एसटुएम सेलेक्ट सिस्टम ईएफटी स्वीच प्रयोगमा ल्याउन लागेको छ । बैंकले कार्ड सिष्टममा सरल विश्वसनीय बनाउन यो सुविधा ल्याउन लागेको जनाएको छ । यो सिष्टम खरिदका लागि सोसाइट म्याग्रिबाइन डी मोनिट्युक कम्पनी मोरक्कोसँग सम्झौता गरेको छ । बैंकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै स्वदेश तथा विदेशबाट कार्डबाट हुने विद्युतीय कारोबार सहज हुने विश्वास गरिएको छ ।

सबै प्राविधिक तयारी गरी केही समयमा बैंकले यो प्रविधि संचालनमा ल्याउने जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एसटूएम मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीज्यूले हस्ताक्षर गरे । उक्त स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले देशैभर ३१० शाखा कार्यालय, ४०२ एटीएम, ९४ एक्सनेन्सन काउन्टर र ४४ वटा शाखारहित बैंकमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Featured