देश

विद्यार्थी बोकेर पिकनिक जाँदै गरेको बस दुर्घटनाः २२ घाइते, २ जना गम्भीर

भक्तपुर, मंसिर २७–मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटनामा परेको छ । शुक्रबार कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ख ४२८६ नम्बरको बस सडकमै पल्टेको हो । दुर्घटनामा २२ जना घाइते भएका छन्। घाइतेमध्ये २ जना गम्भीर छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानकाअनुसार ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि लगेको थियो। गम्भीर रहेका गिता चौलागाई र अस्मिता विकलाई भने थप उपचारका लागि न्यूरो अस्पता रिफर गरिएको प्रहरीले जनाएको छ ।

Featured