देश

वर्षाले महोत्सव प्रभावित

धनगढी, मंसिर २७–धनगढीमा जारी सुदूरपश्चिम महोत्सव आज एक दिनका लागि स्थगित भएको छ । शुक्रबार बिहान वर्षासँगै आएको हावाहुरीले महोत्सवलाई प्रभावित पारेसँगै कैलाली उद्योग वाणिज्य संघले एक विज्ञप्ति जारी गर्दै आजका सम्पूर्ण कार्यक्रम स्थगित भएको जनाएको छ ।

संघलका अध्यक्ष पुष्पराज कुँवरद्वारा जारी विज्ञप्तिमा वर्षा र हावाहुरीका कारण महोत्सव सञ्चालन गर्न समस्या भएको र दर्शकलाई पर्ने समस्यालाई मध्यनजर गर्दै महोत्सव एक दिनलाई रोकिएको उल्लेख गरिएको छ । मौसमले साथ दिए भोलिदेखि सबै कार्यक्रम नियमित हुने आयोजकले जनाएको छ ।

Featured