खेलकुद विदेश

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको रवाफिलो जित, आर्सनल रोकियो

एजेन्सी, मंसिर २७–युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले रवाफिलो जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एजेड अल्कमारलाई ४–० गोल पराजित गरेको हो । अन्तिम खेलमा फराकिलो जित निकाल्दै युनाइटेड समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । शीर्ष स्थानको युनाइटेडको १३ अंक छ भने ९ अंकसहित डच क्लब अल्कमार उपविजेता बनेको छ । युनाइटेडलाई जिताउन मासन ग्रीनउडले २ गोल गरे युनाइटेडले सबै गोल दोस्रो हाफमा गरेको हो ।

खेलका ५३ औं मिनेटमा एस्ले योङले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए भने मासन ग्रिनउडले ५८ औं मिनेटमा अग्रता दोब्बर पारे । खेलको ६२ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जुआन माटाले गोल गरे भने ६४ औं मिनेटमा ग्रीनउडले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै जित दिलाए । गएराति नै भएको अर्को खेलमा आर्सनल भने स्टान्डर्ड लिगासँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

Featured