खेलकुद देश

सागका स्वर्ण विजेतालाई प्रदेश सरकारको एक लाख पुरस्कार

धनगढी, मंसिर २७–सुदूरपश्चिम प्रदेश सरकारले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने सुदूरपश्चिम प्रदेशका खेलाडीहरूलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ ।

सागमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही एक लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई ३० हजार दिने प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । १३ औँ सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने केन्द्र सरकारले यसअघि नै घोषणा गरिसकेको छ ।

Featured