देश

देशभर मौसम बदली, पश्चिम पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाडौं, मंसिर २७–पश्चिमि निम्न चाचापीय प्रणालीको प्रभावले आज देशभरको मौसम बदली भएको छ । आज पश्चिम तराईमा मेघगर्जनसहित वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको छ । देशका उच्च पहाडी भूभागमा आज दिनभर भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात र मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।

उनका अनुसार पश्चिमी क्षेत्रमा हिमपातसँगै वर्षा र सामान्य हुरी समेत चल्ने सम्भावना रहेको विभागले जनाएको छ । हिमपात र वर्षा भएसँगै देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा आज अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियसबीच रहने अनुमान छ । शुक्रबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

Featured