देश

विश्व बैंकको प्रक्षेपणमा सकारको असन्तुष्टि

काठमाडौं, मंसिर २७–विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिर ६.४ प्रतिशत मात्र हुने प्रक्षेपण गरेसँगै सरकारले असन्तुष्टि जनाएको छ । बैंकले बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै चालू आवमा नेपालको कुल आर्थिक बृद्धिदर ६.४ प्रतिशत मात्र हुने बताएको छ । गतवर्ष विश्व बैंकले नेपालको आर्थिक बृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । सार्वजनिक प्रतिवेदनले यसअघि प्रक्षेपण गरेको आर्थिक बृद्धिदरलाई संशोधन गर्दै चालू आवमा ६.४ प्रतिशत हुने बताएपछि नेपाल सरकारले असन्तुष्टि जनाएको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपालको आर्थिक बृद्धिदर कम आँकलन गरिएको बताए । विश्व बैंकले आफ्नो बृद्धि प्रक्षेपणमा पुनरावलोकन गर्नुपर्ने भन्दै नेपालमा थुप्रै राम्रा काम भइरहेकोले आउने दिनमा नेपालको बृद्धि प्रक्षेपण बढ्न सक्ने बताए । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured