देश

राजस्व चुहावट गर्ने सातविरुद्ध मुद्दा

काठमाडौं, मंसिर २७–राजस्व अनुसन्धान विभागलेम मूल्य अभिवृद्धि करका झुट्टा तथा नक्कली विजकको प्रयोग गरी भन्सार चोरी पैठारी गर्ने्विरुद्ध मुद्दा दायर गरेको छ । काठमाडौं जिल्ला अदालतमा सात जनाविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ । विभागका अनुसार काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौं बस्ने रामशरण गौतम, नुवाकोटका सन्तबहादुर ओझा, सन्तोस राई, रन्जिप श्रेष्ठ, बैतडीका कृष्णानन्द भट्ट, वीरगन्ज महानगरपालिका–३ का निजामुद्धिन र तेह्रथुमका अभयराज घिमिरेविरुद्ध मुद्दा दायर भएको हो ।

काठमाडौं एस एण्ड एस अफसेट प्रेस चलाउँदै आएका गौतमविरुद्ध ६ करोड १४ लाख ९७ हजार विगो तथा विगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावी गरेको छ । गौतमले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको आरोप विभागले दायरको गरेको मुद्दामा उल्लेख छ । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured