देश

अदक्ष कामदारको स्रोत मुलुक बन्दै नेपाल

काठमाडौं, मंसिर २७–नेपाललाई प्रमुख रोजगार गन्तव्य मुलुकले ‘लेबर ब्रान्डेड’ अर्थात अदक्ष कामदार स्रोत मुलुकका रुपमा चित्रण गरिरहेका बेला सरकारले अन्तर्रा्ष्ट्रिय आप्रवासन दिवस २०७६ को नारा ‘सीप र रोजगारः आर्थिक समृद्धिको आधार’ तय गरेको गरेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सीप र दक्षतालाई हेर्दा विदेश जाने सम्पूर्ण युवा आधाभन्दा बढी अदक्ष श्रमिक हुने गरेका कारण सीपलाई प्राथमिकता दिन सरकारले यो नारालाई समृद्धिसँग जोडेको हो । वैदेशिक रोजगारीलाई सीपसँग जोड्ने नीतिगत विषयलाई कार्यान्वनय गर्न नसक्दा आम्दानी र सुरक्षाका हिसाबले चुनौतीपूर्ण बन्दै गइरहेको महशुस गरी नारामा सीपलाईसमेत जोडिएको छ । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।

Featured