देश

‘आर्थिक वृद्धिदर संशोधन भएको छैन’

काठमाडौं, मंसिर २७–अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा कुनै संशोधन नभएको स्पष्ट पारेका छन् । अहिलेसम्म वृद्धिदर संशोधन गर्ने विषयमा कुनै पनि तयारी नभएको उनले जानकारी दिए । बिहीबार विश्व बैङ्कको ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले बाहिर हल्ला भएजस्तो आर्थिक वृद्धिदरको लक्ष्य कम नगरिएको उनले बताए । ‘यसमा सबै स्पष्ट हुनुहोस् कि अहिलेसम्म वृद्धिदर संशोधन भएको छैन’ उनले भने, ‘समीक्षापछि संसोधन भए औपचारिक रूपमै जानकारी दिन्छौँ ।’

सरकारले चालू आर्थिक वर्षका लागि बजेटमार्फत साढे आठ प्रतिशत हाराहारीको वृद्धिदरको लक्ष्य राखेको छ । अर्थ मन्त्रालयले प्रकाशन गर्ने बुलेटिनमा गल्तीले ७.१ प्रतिशत वृद्धिदरको लक्ष्य उल्लेख हुँदा यसमा संशोधन भएको विषय बाहिर आएको थियो । यद्यपि त्यसलाई सच्याएर बजेट अनुसारकै वृद्धिदरको लक्ष्य राखिएको छ । यता विश्व बैङ्कले भने सन् २०१९ को नेपालको आर्थिक वृद्धिदर ७।१ प्रतिशत रहने जनाएको छ ।

नेपालसम्बन्धी उक्त प्रतिवेदनमा समग्रमा आर्थिक गतिविधि बढेकाले वृद्धिदर पनि उच्च नै रहने उल्लेख छ । खासगरी सेवा क्षेत्रमा भएको उल्लेख्य सुधारले वृद्धिदर उच्च राख्न सहयोग पु¥याएको विश्व बैङ्कले जनाएको छ । त्यस्तै प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा ६.४ र सन् २०२१ मा ६.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । सङ्घीय नेपालको तथ्याङ्कीय भविष्यलाई केन्द्रित गरिएको प्रतिवेदनमा आर्थिक विकासका लागि पर्याप्त तथ्याङ्क आवश्यक रहने उल्लेख गरिएको छ । अर्थमन्त्री खतिवडाले नेपालमा अझै पनि सरकारलाई आवश्यक पर्याप्त तथ्याङ्कको अभाव रहेको बताए । विकास प्रक्रियाका लागि तथ्याङ्क अति महìवपूर्ण हुने भए पनि नेपालमा अझै परम्परागत किसिमबाटै तथ्य सङ्कलन र बढी अनुमानमा हुने भनाइ राखे ।

सरकारले प्रदेश र स्थानीय तहका तथ्याङ्क आवश्यक परे सङ्घीय सरकारलाई समेत उपलब्ध गराउने गरी तथ्याङ्सम्बन्धी ऐन ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिए । कार्यक्रममा उनले अर्थतन्त्रसम्बन्धी कतिपय तथ्याङ्क वास्तविक नभएको र पछिल्लो विकासलाई समेत नसमेटेको भन्दै कुल गार्हस्थ्य उत्पादन मापन गर्ने आधार वर्ष सन् २०००÷२००१ लाई परिवर्तन गरेर आव सन् २००९÷१० पु¥याउने तयारी भएको पनि बताए । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured