खेलकुद देश

पोखरा प्रिमियर लिग शनिबारदेखि, विजेतालाई २७ लाख पुरस्कार

पोखरा, मंसिर २६–पोखरामा शनिबारदेखि पोखरा प्रिमियर लिग टि(२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सुरु हुने भएको छ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको कम्पनीका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए । पोखरा रंगशालमा शनिबार डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनविरुद्ध काठमाडौँ गोल्डेन्सले उद्घाटन खेल खेल्नेछ । प्रतियोगितामा सहभागी हुने अधिकांश टिम पोखरा आइसकेको उनले जनाए ।

प्रतियोगिताको विजेतालाई २७ लाख रुपैयाँ प्रदान गरिनेछ भने उपविजेताले १० लाख रुपैयाँ पाउनेछ । पुरस्कार राशि गत वर्षकै बराबरको हो । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीले मोटरसाइकल पाउनेछन् । म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिने निर्देशक छुम्बीले जानकारी दिए ।

प्रतियोगिताको मस्ट भ्यालुएबल खेलाडीलाई १ लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ खेलाडीलाई ५० हजार रुपैयाँका साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ द म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिनेछ । गत वर्ष दुई जना विदेशी खेलाडी रहेकोमा यो वर्ष प्रत्येक टिममा तीन जनासम्म विदेशी खेलाडी रहेको छुम्बीले जानकारी दिए । लिगको ट्रफी शुक्रबार मंसिर २७ गते पोखराको सांग्रिला भिलेजमा सार्वजनिक गर्ने कार्यक्रम छ ।

Featured