देश

कोहलपुरका प्रहरी प्रमुखमा कुलदीप चन्द

काठमाडौं, मंसिर २६-प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरमा डीएसपी कुलदीप चन्दलाई पठाएको छ । करिब तीन महिनाअघि इलाका प्रहरी कार्यालय कोहलपुर पुगेका डीएसपी हेमराज शाहीलाई कर्णाली प्रदेश, सुर्खेत प्रहरी गणमा काजमा पठाएपछि उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले चन्दलाई पठाएको हो ।

शाहीमाथि केही दिनअघि सवारी दुर्घटनामा परेको विद्यार्थीको विरोधमा निस्केका विद्यार्थीमाथि दमन र दसैंमा तरुण दलका नेता कार्यकर्तासँग खसी मागेको भन्दै उनको चर्को विरोध भएको थियो । चन्द प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा कार्यरत थिए । त्यसअघि महानगरीय प्रहरी वृत्त कमलपोखरीमा कार्यरत हुँदा डीएसपी चन्द उत्कृष्ट प्रहरी वृत्तपतिको पुरस्कारबाट समेत सम्मानित भएका थिए ।

Featured