काठमाडौं, मंसिर २६–काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । आज (२६ मंसिर) साँझ ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोकको सेर्माथाङलाई केन्द्रविन्दु बनाई ४.८ रेक्टरको भूकम्प गएको हो ।
भूकम्पको असर सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस