देश

नेप्से ११ अंकले बढ्यो, ११ संस्थाको सेयर १० प्रतिशत वृद्धि, ८ बिमा कम्पनीमा उछाल

काठमाडौं, मंसिर २६–सेयर बजार परिसूचक ११ अंकले बढ्दा साताको अन्तिम दिन बिहीबार ११ कम्पनीका लगानीकर्ताको सम्पत्ति १० प्रतिशतले बढेको छ । १० प्रतिशत मूल्य बढ्नेमा ८ बिमा कम्पनी छन् भने हिमालय ऊर्जा विकास, हिमालयन पावर पार्टनर र नेपाल सेवा लघुवित्तका लगानीकर्ताले पनि सोही अनुपातमा कमाएका छन् ।

बिहीबार १६८ कम्पनीको कारोबार हुँदा ९५ कम्पनीले कमाएका छन् । नेप्से ११.१७ अंकले बढेर ११७२.६४ अंकमा पुग्दा पनि व्यापार, होटल, उत्पादनमूलक, अन्य र लघुवित्त समूह भने राताम्य छन् । निर्जीवन बिमा समूह सर्वा्धिक ७.५९ प्रतिशतले बढेको भने जीवन बिमा समूह ५.०५ प्रतिशतले उकालो लागेको छ । बिहीबार स्वावलम्वन लघुवित्तको सर्वा्धिक ८ करोड २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । बिहीबार १६८ कम्पनीको २१ लाख २ हजार ६१ कित्ता सेयर ७६ करोड ४० लाखमा कारोबार भएको छ । यो रकम बुधबारको तुलनामा करिब २० करोड धेरै हो । बुधबार १७३ कम्पनीको ५५ करोड १३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।

Featured