देश राजनीति

काँग्रेस महामन्त्रीले नै बहिस्कार गरे केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, मंसिर २६–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन कार्यतालिका प्रस्तुत नगरेको भन्दै महामन्त्री सशांक कोइरालासहितका नेताहरुले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेका छन् । ‘हामीले केन्द्रीय कार्यसमिति बैठकमा पार्टी महाधिवेशनको कार्यतालिका प्रस्तावको रुपमा प्रस्तुत गर्न भन्यौं तर सभापतिले मान्नु भएन । त्यसपछि हामी उठेर हिँड्यौं’, बैठक बहिस्कारपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले शिलपत्रसँग भने ।

सभापति देउवाले पार्टीका केन्द्रीय विभागको सँख्या २८ वाट बढाएर ४० पुर्याउने प्रस्तावप्रति असहमति राख्दै आएका नेता, पौडेल, महामन्त्री डा. कोइराला, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतले बहिस्कार गरेका छन् । यस्तै, महामन्त्रीमा डा. कोइरालासँगै प्रतिस्पर्धा गरेका नेता गगन थापाले पनि बैठक बहिस्कार गरे । दिउँसो एक बजेको लागि बोलाइएको बैठक दिउँसो ४ बजे मात्र बसेको थियो । नेता अर्जुननरसिंह केसी घरमा धार्मिक अनुष्ठान भएकोले, धनराज गुरुङ विरामी भएकोले र युवा नेता गगन थापा उपत्यकावाहिर जानु पर्ने भएकाले बैठकमा उपस्थित भएका थिएनन् ।

Featured