मनोरंजन

शनिबारको सांगीतिक प्रस्तुतिका लागि सिड्नीमा नेपथ्य टोली

काठमाडौं, मंसिर २६–शनिबारको सांगीतिक प्रस्तुतिका लागि नेपाली लोकरक सांगीतिक ब्यान्ड नेपथ्य टोली सिड्नी पुगेको छ । शनिबार सिड्नीमा आयोजना हुने विशेष सांगीतिक कार्यक्रमका लागि अन्य सहरको प्रस्तुति सकेर नेपथ्यको टोली सिड्नी पुगेको हो । यो नेपथ्यको पाँचौ अस्ट्रेलिया भ्रमण हो ।

सिड्नी पुगेका नेपथ्य ब्यान्डका प्रमुख गायक अमृत गुरुङले बुधबार आयोजक, प्रायोजक र प्रशासकसँग भेट गरिसकेका छन् । भेटका क्रममा आयोजक नेपाली टचले शनिबारको कार्यक्रममा अस्ट्रेलियाकै सबैभन्दा भव्य हुने दाबी गरेको छ । कार्यक्रम सिड्नीको हारबोर पुलको पूर्वी्किनारमा रहेको चर्चित लुना पार्कमा हुँदैछ । कार्यक्रममा करिब तीन हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ ।

Featured