देश मनोरंजन

गायिकाको डेब्यूमा नायिकाको साथ

काठमाडौं, मंसिर २६–गायिका सुमिता राईको डेब्यू एल्बम ‘सगुन’ भित्र समावेश गीत ‘कोही भन्छन् फूल मलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । १५ वर्षदेखि यूकेमा बस्दै आएकी गायिका राईलाई सानैदेखि गीत –संगीतमा अभिरुचि भए पनि एल्बम प्रकाशन गर्न सकेकी थिइनन् । केही महिनाअघि नेपालमा एक कार्यक्रम गरी उनको एकल एल्बम ‘सगुन’ विमोचन गरिएको थियो ।

स्रोताका लागि मीठो ‘सगुन’ लिएर उदाएकी गायिका राईको हालै सार्वजनिक म्युजिक भिडियो ‘कोही भन्छन् फूल मलाई’ गीतको शब्द मुकेश राईले लेखेका हुन् । गीतमा विक्रम राईको संगीत छ । पुरुषोत्तम सुवेदीले गीतको संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा विभिन्न भेषभुषामा सजिएकी नायिका केकी अधिकारीको सुन्दर नृत्य देख्न सकिन्छ ।

नेपालका विभिन्न रमणीय ठाउँमा शुट गरिएको भिडियोलाई अकिल बजगाईंले छायांकन गरेका छन् । प्रकाश एसकेले भिडियो सम्पादन गरेका छन् । गोविन्द राईको कन्सेप्ट तथा निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो खरुन राईले निर्माण गरेका हुन् ।

Featured