देश साहित्य

नेपाल लिटरेचर फेस्टिबल शुक्रबारदेखि

काठमाडौं, मंसिर २६–आईएमई नेपाल लिटरेचर फेस्टिबल (साहित्य महोत्सव)को आठौँ संस्करण २७ मंसिरदेखि ३० सम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले पत्रकार सम्मेलन गरी फेस्टिबलबारे जानकारी गराएको हो । फेस्टिबलमा एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी छलफलका सत्र रहने जानकारी दिइयो ।

साहित्य महोत्सवमा भारतीय लोकसभाका सांसद एवम् साहित्यकार डा. शशि थरुर, भारतीय गीतकार एवम् कवि जावेद अख्तर, भारतीय अभिनेत्री शबना आज्मीलगायत चर्चित अन्तर्रा्ष्ट्रिय व्यक्तित्वहरूका साथै देशविदेशका १ सय ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार सहभागी हुने फाउन्डेसनले बताएको छ । यस वर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यकै उत्कृष्ट मानिने डीएससी पुरस्कार प्रदान गरिनेछ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको छ ।

Featured