देश राजनीति

नेकपा ललितपुर जिल्ला इन्चार्जमा हरि दाहाल

ललितपुर, साउन ५-नेकपा ललितपुरका नेता हरि दाहाल नेपाल कम्युनिष्ट पार्टीको जिल्ला इन्चार्जमा नियुक्त भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यस अघि भएको सहमती अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएका हुन्। तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको ठाँउमा तत्कालीन माओवादीको सह–इञ्चार्ज दिइएको छ। तत्कालीन माओवादीको इञ्चार्ज भाग परेको ठाँउमा भने तत्कालीन एमालेको सह–इञ्चार्ज जिम्मेवारी तोकिएको छ।