देश

नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशतमात्र : विश्व बैंक

काठमाडौं, मंसिर २६–विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ४ प्रतिशतमात्र रहने बताएको छ । बैंकले बिहीबार ‘नेपाल डेभपलमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस वर्षका लागि यसअघि प्रक्षेपित ६ दशमलव ५ प्रतिशतको वृद्धिमा कटौती गरेको हो । बैकका अनुसार चालू आर्थिक वर्षमा नेपालको कृषि क्षेत्रका वृद्धिदर ४ प्रतिशत, औद्योगिक क्षेत्रका वृद्धिदर ८ दशमलव ३ प्रतिशत र सेवा क्षेत्रका वृद्धिदर ७ दशमलव २ प्रतिशत रहने छ। बैंकका वरिष्ठ अर्थशास्त्री केन इमेजनरीले गत वर्षको तुलनामा यस वर्ष नेपालको मुद्रास्फीति दर पनि बढेर ५ प्रतिशत नाघ्ने बताए ।

बैंकका अनुसार यस वर्ष नेपालको चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ६ दशमलव ८ प्रतिशतमा झरे पनि वित्त घाटा भने बढेर जीडीपीको २ दशमलव ६ प्रतिशत पुग्नेछ । बैंकले नेपाल भ्रमण वर्ष २०२० को आयोजना हुने, दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल सम्पन्न हुने र विभिन्न मुलुकसँगका हवाई सेवा सम्झौतापछि ‘एयर कनेक्टिभिटी’ बढ्ने लगायतका आधारमा सेवा क्षेत्रका विस्तार हुने जनाएको छ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालका वृद्धिदर कम आँकलन गरिएकोमा असन्तुष्टि जनाए । उनले बैंकले आफ्ना वृद्धि प्रक्षेपणमा पुनरावलोकन गरिरहेको भन्दै आउँदा दिनमा नेपालका वृद्धि प्रक्षेपण बढाउन आग्रह गरे । उनले नेपालले यस वर्ष ८ प्रतिशत वृद्धिदरका लक्ष्य राखेको भन्दै सरकारले वृद्धि लक्ष्यमा कुनै कटौती नगरेको प्रष्ट पारे ।

Featured