खेलकुद विदेश

च्याम्पियन्स लिगमा अपराजित रहँदै रियल प्रिक्वाटरफाइनलमा

एजेन्सी, मंसिर २६-स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ए मा रहेको रियल मड्रिडले गएराति क्लब ब्रुगलाई ३–१ ले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको रियल मड्रिडले दोस्रो हाफमा तीन गोल गरेर एक गोल खायो । खेलको ५३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए । त्यसको २ मिनेटमा नै वानाकेनले क्लब ब्रुगका लागि बराबरी गोल फर्काए ।

त्यसको ९ मिनेटपछि भिनिसिअस जुनियरले गोल गर्दै रियललाई पुनः अग्रता दिलाए । इन्जुरी समयको पहिलो मिनेटमा लुका मोड्रिकले गोल गरेपछि रियल मड्रिड ३–१ ले विजयी भयो । रियल मड्रिड समूहको उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा पुगिसकेको छ ।

Featured