खेलकुद विदेश

जिससको ह्याट्रिकसँगै म्यान्चेस्टर सिटीको शानदार जित

एजेन्सी, मंसिर २६–म्यान्चेस्टर सिटी डाइनामो जाग्रेबमाथि ४–१ को शानदार जित निकाल्दै च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा पुगेको छ । खेलको १० औं मिनेटमा नै गोल खाएको सिटीलाई जिताउन ब्राजिली खेलाडी गाब्रिएल जिससले ह्याट्रिक गरे । समूह सी अन्तर्गतको खेलमा डाइनामो जाग्रेबका लागि १० औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै अग्रता दिलाएका थिए । सिटीका लागि ३४ औं मिनेटमा जिससले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलको ५० र ५४ औं मिनेटमा गोल गर्र्दै जिससले ह्याट्रिक पुरा गरे । सिटीका लागि ८४ औं मिनेटमा फिल फोडिनले गोल गरेपछि सिटी ४–१ ले विजयी भयो ।

जितपछि यसअघि नै समूह विजेता बन्ने पक्का भएको म्यानचेस्टर सिटीको १४ अंक भएको छ भने पुछारमा रहेको डाइनामोको ५ अंक मात्र छ । समूह सी अन्तर्गत गएराति नै भएको खेलमा शाख्तर डोनेस्कलाई हराएको एट्लान्टा उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

Featured