देश

कर्णालीमा हिमपात, हवाई सेवा अवरुद्ध

काठमाडौं, मंसिर २६–चिसो बढेसँगै कर्णालीलगायत पश्चिमका हिमाली क्षेत्रमा हिमपात भएको छ । पश्चिमी वायुका प्रभावले आज बिहानैदेखि हिँउ पर्न सुरु भएको छ । हिउँ पर्न थालेपछि कर्णालीका हिमाली जिल्लाका उडान प्रभावित बनेका छन् । डोल्पामा मध्यरातदेखि नै हिँउ पर्न सुरु भएको स्थानीयले बताएका छन् । चिसो अत्यधिक बढेपछि स्थानीय घरबाहिर निस्न सकेका छैनन् । सरकारी तथा गैर सरकारी कार्यालयको सेवा पनि प्रभावित बन्ने भएको छ ।

हिमपातले जनजीवन प्रभावित बने पनि किसान भने खुसी भएका छन् । बोटविरुवा रोप्ने मौसम नजिकिँदै गर्दा परेको हिउँले बालीनालीलाई राम्रो गर्ने कृषकले बताएका छन् । कर्णालीमा यो यसवर्षको दोस्रो हिउँ परेको हो । यस्तै सुदूरपश्चिमको पनि बाजुरा लगायतका उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ ।

Featured