देश

उँधौली र योमरी पुन्हीः पात्रोमा बिदा, गृह भन्छ होइन

काठमाडौं, मंसिर २५–भोलि (बिहीबार) एकैदिन किराँत समुदायको उँधौली पर्व, नेवार समुदायको योमरी पुन्ही पर्व छ । सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गर्दा यी पर्वमा पनि बिदा दिने भनेको थियो । सरकारको यो भनाइपछि पात्रो बनाउनेहरूले भोलि अर्थात २६ मंसिरको पात्रोमा बिदा जनाउन रातो संकेत गरे । पात्रोको पुछारमा सार्वजनिक बिदा भनेर लेखे । तर पर्वको अघिल्लो दिन भने गृह मन्त्रालयले सार्वजनिक बिदा नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

गृह मन्त्रालयले पात्रोमा उल्लेख भएको बिदाबारे भ्रममा नपर्न भन्दै सूचना विभागबाट जारी भएको पात्रोमा उल्लेख भएका बिदालाई मात्र आधिकारिक मान्न भनेको छ । अधिकांश शैक्षिक संस्थाले पात्रोलाई आधार मान्दै भोलि सार्वजनिक बिदा दिने निर्णय गरिसकेका छन् । गृह मन्त्रालयले २०७५ चैतमा जारी गरेको वर्षभरीका विदासम्बन्धी सूचनामा भने भोलि किराँत समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।

Featured