देश

लक्ष्मी बैंकको एनिमेटेड भाइबर सेवा

काठमाडौं, मंसिर २५–लक्ष्मी बैंकले नेपाली एनिमेटेड प्याक सुरु गरेको छ । भाइबर च्याटमा हुने कुराकानीलाई अझ रोमाञ्चक बनाउन भन्दै बैंकले सोमबारदेखि भाइबरमा १६ प्रकारका स्टिकर रहेको एनिमेटेड भाइबर(स्टिकर सेट सुरु गरेको हो । भाइबरमा भएका स्टिकरहरु रमाइलो एवं रंगीन अभिव्यक्तिको माध्यम भएकाले लक्ष्मी बैंकको ‘ग्रिटिङ्स फ्रम लक्ष्मी’ प्याकले पनि त्यसलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

भाइबर च्याटमा मौद्रिक भाषामा समयानुकूल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देश आदानप्रदान गर्न अब लक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकर प्रयोग गर्न सकिनेछ । उक्त प्याकले बैंकको ग्राहकसँगको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै यो स्टिकरमार्फत ग्राहकलाई भाइबर खाताद्वारा नजिक ल्याउन सक्ने अपेक्षा गरिएको लक्ष्मी बैंककी रणनीति तथा बजार विभाग प्रमुख भारती पाण्डेले बताइन् ।

Featured