देश

फर्निचर उद्योगमा भीषण आगलागी, २५ लाखभन्दा बढीको क्षति

धनगढी, मंसिर २५–धनगढी उपमहानगरपालीका–२, पुरानो भन्सार रोडमा रहेको जोशी फर्निचर उद्योगमा गएराति भीषण आगलागी भएको छ । राति करिब पौने २ बजे वसन्तराज जोशीको फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट फर्निचर उद्योगमा रहेका मेसिनहरू, मोटर, जेनेरेटर र फर्निचरका विभिन्न सामान र काठ पूर्ण रूपमा जलेर नष्ट भएको जोशीले बताए ।

उद्योगका सञ्चालक जोशीले आगलागीबाट २५ लाखभन्दा बढीको क्षति भएको जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा साढे तीन बजे मात्र आगो नियन्त्रणमा आएको थियो । आगलागी कसरी भयो भन्नेबारेमा जानकारी नभएको जोशीले बताए । ‘विद्युत सर्ट भएर हो वा कसैले लगाएको हो, केही थाहा भएन’ सञ्चालक जोशीले भने । छिमेकीले आगो लागेको थाहा पाएपछि सञ्चालक जोशीलाई खबर गरेका हुन् । ‘समयमै सुरक्षा निकाय नआएको भए करोडौंको क्षति हुने थियो,’ जोशीले भने ।

Featured