देश मनोरंजन

चलचित्र निर्देशक समाजमा दिनेश डिसीको उम्मेदवारी

काठमाडौँ, मंसिर २५–२८ मंसिरमा हुने चलचित्र निर्देशक समाजको निर्वाचनमा अध्यक्ष पदका लागि निर्देशक दिनेश डिसीले उम्मेदवारी घोषणा गरेका छन् । २०७० सालमा भएको निर्देशक समाज नेपालको निर्वाचनबाट उनी अध्यक्ष पदमा चुनिएका थिए ।

उनले निर्देशक समाजका विभिन्न कार्यकारी पदमा बसेर काम गरिसकेका छन् । नेपाली चलचित्र क्षेत्र र निर्देशक समाजलाई प्रेम गर्नेहरूबाट पुनः नेतृत्व गर्न आग्रह भएका कारण आफू दाबेदारका रूपमा अघि आएको उनको भनाइ छ ।

Featured