देश

सडक कार्यालयका प्रमुख २० लाख घूस रकमसहित पक्राउ

काठमाडौं, मंसिर २५–डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन २० लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट निर्माण भइरहेको सडकको रनिङ बिलको विवरण घटाई बिलको भुक्तानी कार्यमा २० लाख रुपैयाँ घूस लिँदालिँदै रंगेहात पक्राउ परेका हुन्।

उनीहरूलाई अख्तियारको टोलीले काठमाडौंको बानेश्वरस्थित अलिना बेकरी क्याफेबाट पक्राउ गरेको हो । अख्तियारका अनुसार उनीहरूमाथि अनुसन्धान जारी छ ।

Featured