विदेश

हरेक महिना कबाडीमा फालिन्छन् हजारौं आईफोन, यस्तो छ कारण

एजेन्सी, मंसिर २५–केही वर्षअघि एप्पलले आईफोन ७ र आईओएस ७ लन्च गर्दै आईफोनलाई त्यसअघिभन्दा बढी सुरक्षित र्पायो । त्यो फिचरको नाम ‘एक्टिभेसन लक’ हो । त्यसपछि ह्याकरका लागि आईफोन र आइप्याड ह्याक गर्न लगभग असम्भव भयो । आईफोन र आईप्याड प्रयोगकर्ताले ‘फाइन्ड माई एप’ लाई फोनमा ‘एक्टिभेट’ गर्नुपर्छ । यसबाट फोन आफैं ‘टर्न अन’ हुन्छ ।

यो फिचरले जहाँसम्म एकतर्फ डिभाइसलाई अत्यन्तै सुरक्षित बनाउँछ भने अर्कोतर्फ डिभाइन अनलक नहुँदा फोन पूर्ण रूपमा काम नलाग्ने बन्छ । यदि फोन चोरी या हराएमा यसलाई अर्को कुनै व्यक्तिले अनलक गर्न सक्दैन । त्यसैले यो फिचरका कारण नै हरेक महिला हजारौं आईफोनहरू कबाडीमा परिणत हुन्छन् । यो जानकारी हार्डवेयर रिपेयर स्पेशलिस्ट आईफिक्सिटको रिपोर्टमा दिइएको हो ।

Featured