देश

लोकसेवाले माग्यो १०९६ अधिकृत

काठमाडौं, मंसिर २५–लोकसेवा आयोगले एक हजारबढी अधिकृतको आवेदन माग गरेको छ । बुधबार आयोगको निजामति सेवाको शाखा अधिकृत र रावपत्रांकित तृतीय श्रेणीमा एक हजार ९४ जनाका लागि आवेदन माग गरेको हो । आयोगले प्रशासन समूह अन्तर्गत सामान्य प्रशासनमा ५६०, प्रशासन राजस्वमा ६९, प्रशासन लेखातर्फ, ३०, लेखापरीक्षण ४२ र परराष्ट्र ४ जना माग गरेको हो।

त्यस्तै न्याय सेवा समूह अन्तर्गत न्यायमा २९०, न्याय कानुनमा ४९, न्याय सरकारी वकिलमा २४ र व्यवस्थापिका संसदमा २८ जना गरी १०९६ अधिकृत माग गरेको हो। जसअन्तर्गत ४१९ जना खुला र ३४९ जना समावेशी खुला माग गरेको हो। आयोगले ३२८ जनाको आन्तरिक बढुवा गर्ने जनाएको छ।

Featured