देश

साग समापनको भिडियो सन्देशलगत्तै प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं, मंसिर २४–प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार साँझ स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । प्रधानमन्त्री ओलीले आजै साँझ १३औँ दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई भिडियो सन्देश दिएका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोमा भर्ना गरिएको बालुवाटार स्रोतले जनायो ।

प्रधानमन्त्री ओलीको आजै मिर्गौलाको डायलासिस गरिने भएको छ । झण्डै एक महिनामा प्रधानमन्त्रीको आठौँ पटक डायलासिस गरिएको छ । १० दिनसम्म मनमोहन कार्डियोमा एपेन्डिसाइटिसको उपचार गराएर ओली पाँच दिनअघि अस्पतालबाट डिस्चार्ज भएका थिए ।

Featured